+
+
Shares

पसल खोल्न दिएर उपत्यकामा निषेधाज्ञा थप्नुपर्ने तीन सीडीओको निष्कर्ष, अन्तिम निर्णय भोलि

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ १८ गते १७:५८

१८ जेठ, काठमाडौं । उपत्यका प्रशासनले फेरि एक साता निषेधाज्ञा लम्ब्याउने तयारी गरेको छ । निषेध गरिएका केही प्रावधान हटाएर एक साता निषेधाज्ञा थप्ने तयारी गरिएको हो ।

मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकले एक साता निषेधाज्ञा थप्नुपर्ने निष्कर्ष निकालेको छ । अघिल्लो साता बन्द गरिएका खाद्यान्न र किराना पसललाई खोल्न दिने पनि भनेको छ ।

यद्यपि, यस विषयमा अन्तिम निर्णय भइनसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अनलाइनखबरलाई बताए । उनले भने, ‘आज उपत्यकाको अवस्थाबारे छलफल भयो, पर्सिसम्म समय भएकाले निर्णय चाहिं भइसकेको छैन । यो विषय अब भोलि टुंगिन्छ ।’

कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न भन्दै उपत्यकामा निषेधाज्ञा लगाइएको एक महीना पूरा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?