Comments Add Comment

सुनसरीमा बलात्कारको अभियोगमा दुईजना पक्राउ

१९ जेठ, विराटनगर । नौ वर्षीया अशक्त बालिकालाई बलात्कार गरेको अभियोगमा सुनसरीको इटहरीबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो इटहरी उपमहानगरपालिका–३ की शारीरिक र मानसिक रुपमा अशक्त बालिकालाई बलात्कार गरेको अभियोगमा सोही ठाउँका ६७ वर्षीय गाइने भनिने भागीराज दमाई पक्राउ परेका हुन् ।

फूपुको घरमा बस्दै आएकी ती बालिकालाई जबर्जस्ती करणी गरेको स्थानीयले देखेपछि इटहरी–३ सुनौलो बस्तीका दमाई भागेको प्रहरीले जनाएको छ । उनलाई बुधबार पक्राउ गरी अनुसन्धानका लागि म्याद थप गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक केशवकुमार कट्वालले जानकारी दिए ।

पीडित बालिका हिंडडुल गर्न र बोल्न सक्दिनन् । उनको बुबाको मृत्युपछि आमाले दोस्रो बिहे गरेकी थिइन् । आमाको बिहेपछि अलपत्र परेकी बालिका फूपुको संरक्षणमा थिइन् ।

यस्तै इलाका प्रहरी कार्यालय धरानले सुस्तमनस्थितिकी महिलालाई बलात्कार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । मंगलबार धरान उपमहानगरपालिका–११ आँपगाछी बस्ने ५६ वर्षीया सुस्त मनस्थितिकी महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा सोही स्थानका ५२ वर्षीय बले भन्ने बलबहादुर थापालाई मंगलबार नै प्रहरीले पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment