+
+
Shares

एमाले स्थायी कमिटी बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २० गते १४:३८

२० जेठ, काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ । दिउँसो चार बजे बोलाइएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बुधबार बोलाइएको बैठक पनि अध्यक्ष केपी शर्मा ओलीले अन्तिम समयमा स्थगित गरेका थिए । मंगलबारको बैठकले भने अन्तिम समयसम्म एकताको प्रयास गर्ने निर्णय गरेको थियो ।

ओलीले पार्टी निर्देशन विपरीत गतिविधिमा संलग्न भएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरुलाई कारबाही प्रक्रिया अगाडि बढाएका छन् । नेता नेपालसहित एघार जनालाई गएको १० जेठकै बैठकबाट निष्कासनको निर्णय गरेका थिए । थप १२ जनालाई स्पष्टिकरण सोधेपनि निर्णयार्थ बैठकमा पेश गरिएको छैन ।

बरु, दोस्रो तहका नेताहरु नेता नेपाल समूहसँग अनौपचारिक वार्तामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?