Comments Add Comment

माधव समूहको अनेरास्ववियुले आन्दोलनका कार्यक्रम घोषणा गर्दै

२३ जेठ, काठमाडौं । उपप्रधान तथा शहरी विकास मन्त्री राजेन्द्र महतोको विवादास्पद अभिव्यक्ति एवं संसद विघटन विरुद्ध माधव नेपाल समूहको अनेरास्ववियुले आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

शनिबार साँझ काठमाडौंको नयाँ बानेश्वरमा उपप्रधानमन्त्री महतोको पुत्ला दहन गरेको अनेरास्ववियुले संसद विघटनको विषयलाई समेत जोडेर कार्यक्रमको घोषणा गर्न लागेको बताइएको छ ।

आन्दोलनको घोषणाका लागि बिहान ९ बजे जुम बैठक बोलाइएको छ । बैठकमा छलफल गरेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी गरिएको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

‘उपप्रधानमन्त्री महतोको अभिव्यक्ति र संसद विघटन विरुद्धको संघर्षको बारेमा बैठकमा छलफल हुनेछ ‘पराजुलीले भने ‘ बैठकमा नै आन्दोलन कसरी गर्ने र कति समयको लागि कार्यक्रम घोषणा गर्ने ? भन्ने बारे छलफल हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment