+
+

कोरोना खोप खरिद प्रकिया जहाँको त्यहीँ !

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ २४ गते ६:४३
कोरोना खोप लगाउँदै ज्येष्ठ नागरिक । फागुनमै पहिलो मात्रा कोभिशिल्ड लगाएका उनीहरुले दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

२४ जेठ, काठमाडौं । कोरोना महामारीको दोस्रो लहरले तहसनहस बनाइरहेका बेला सरकारले प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गर्‍यो । महामारीबाट जनतालाई बचाउन खोप अभियान चलाउनुपर्ने बेला चुनाव घोषणा गरेको भन्दै आलोचित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसअघि नै लक्षित समूहका सबैले खोप पाउने घोषणा गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति शी जिनपिङसँग टेलिफोन सम्वाद गरिन् भने भारत, बेलायत, रुस र अमेरिकाका राष्ट्रपतिलाई पत्र लेखेर खोप उपलब्ध गराउन आग्रह गरिन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट विदा हुँदै गर्दा पनि मन्त्री हृदयेश त्रिपाठीले दाबी गरेका थिए, शेरम इस्न्िटच्युटसँग नेपालले गरिद गरेर आउन बाँकी १० लाख डोज दुई साता भित्र आउँछ । चीनबाट २० लाख डोज खोप खरीदको वार्ता अन्तिम चरणमा पुगेको छ ।

तर स्वास्थ्य सेवा विभागका अधिकारीहरु भने खोप खरिदमा उल्लेख्य प्रगति नभएको बताएका छन् ।

उनीहरुकाअनुसार अनुसार नेपालले पठाएका पत्रको जवाफ आएको छ, तर खरिदमा प्रगति भएको छैन । अमेरिकाको जोनसन एण्ड जोनसन कम्पनीले नेपाललाई खोप दिन इच्छा जाहेर गरेको छ । नेपाललाई दिनसक्ने डोज, पठाउन सक्ने मिति र मुल्यको विषयमा जानकारी मात्र दिएको पत्रको जवाफ आएको छैन ।

स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा प्रमुख डाक्टर भीमसिहं तिकंरी भन्छन्, ‘हामीसँग खोप खरीदको सिमित विकल्प छ, उताबाट आधिकारिक पत्र प्राप्त नभइकन खोप खरीदको विषयमा हाम्रो तर्पबाट मात्र कुरा अघि बढ्दैन ।’

नेपाल चीनसँग एक करोड डोज खोप खरिद गरी पहिलो चरणमा २० लाख डोज खोप किन्ने प्रस्ताव गरेको थियो । जवाफस् पत्रमा चीनले खोप खरिद गर्ने भए ‘नन् डिस्क्लोजर एगि्रमेन्ट’ अर्थात गोप्य सम्झौता गर्नुपर्ने प्रस्ताव राख्यो ।

नेपालमा करिब १३ लाख जेष्ठ नागरिकहरु दोस्रो डोज खोपको प्रतिक्षामा रहेकाले १४ लाख डोज खोप ल्याउन युनिसेफमार्फत पहल भएको छ

खोपको मुल्य लगायत विषय सार्वजनिक गर्न नपाइने सम्झौता गर्दा समस्या आउने भन्दै विभागका अधिकारीहरुले सम्वादलाई अगाडि बढाउन सकेको छैनन् । व्यवस्थापन महाशाखा प्रमुख तिंकरीका अनुसार गोप्य सम्झौता विभागबाट नहुने भन्दै स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइएको थियो । स्वास्थ्यले गोप्य सम्झौताको सार के हुने हो भन्ने बुझ्न परराष्ट्रमार्फत पत्र पठाइएको छ ।

अन्य देशसँग पनि खोप खरिद अगाडि नबडेकाले चीनको प्रस्तावलाई थप व्याख्या गर्न माग गर्दै मन्त्रालयले पराराष्ट्र मन्त्रालयलाई जानकारी गराएको डा. तिंकरी बताउँछन् । ‘हाम्रो पत्रको जवाफ नआई खोप खरिदबारे केही भन्न सकिन्न’ डा. तिकंरी भने।

अरु कहाँबाट आउँदै छ खोप ?

स्वास्थ्य सेवा विभागका अनुसार डेनमार्कले नेपाललाई एष्ट्रेजेनिकाको खोप दिने प्रस्ताव गरेको छ । नेपालमा करिब १३ लाख जेष्ठ नागरिकहरु दोस्रो डोज खोपको प्रतिक्षामा रहेकाले १४ लाख डोज खोप ल्याउन युनिसेफमार्फत पहल भएको छ।

व्यवस्थापन महाशाखाको प्रमुख तिंकरीका अनुसार डेनमार्कले १४ लाख नै डोज दिने भनेर निश्चित गरेको छैन । ‘खोपको विषयमा कुराकानी हुँदा डेनमार्कमार्फत प्रस्ताव भएपछि हामीले १४ लाख चाहिन्छ भनेका छौं र, युनिसेफमार्फत पत्र पठाएका छौं । उताबाट नेपाललाई पठाउने डोज एकिन भइसकेको छैन’ डा. तिकंरीले भने ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले बिहीबार ‘विश्वव्यापी खोप रणनीति’ घोषणा गर्दै नेपालसहितका देशलाई खोप दिने घोषणा गरेको छ । स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलका अनुसार अमेरिकाले नेपाललाई कोभ्याक्समार्फत दिने खोपको डोज र नेपाल आइपुग्ने मिति जुनको दोस्रो तारिखमा घोषणा गर्ने जानकाररी आएको छ । ‘कोभ्याक्समार्फत लगभग ७ लाख डोज खोप आउने अनुमान हो’ उनले भने, ‘अर्को कति डोज र कहिले आउने टुंगो छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?