Comments Add Comment

यी हुन् ५ वैज्ञानिक जसले आफ्नै आविष्कारबाट ज्यान गुमाए

२७ जेठ, काठमाडौं । आवश्यकता आविष्कारको जननी हो भन्ने भनाइ लोकप्रिय छ । समयसँगै मानिसका आवश्यकता बढ्दै जाँदा नयाँ नयाँ आविष्कारहरु पनि थपिँदै गए । अन्ततः विज्ञान तथा प्रविधिको क्षेत्रमा चमत्कार नै भएको छ । यद्यपि कुनैपनि नयाँ चिजको आविष्कार गर्नु सजिलो कुरा होइन । यसमा वैज्ञानिकहरुको वर्षौँको मिहिनेत लाग्दछ ।

कतिपयले त आफ्नै आविष्कारका कारण ज्यानै गुमाउनु समेत पर्दछ । यहाँ यस्तै पाँचवटा आविष्कार र उनीहरुका आविष्कारकको बारेमा उल्लेख गरेका छौँ, जुन आविष्कार निकै उपयोगी त भए तर विडम्बना आफ्नै आविष्कार नै ती आविष्कारकको लागि काल सावित भए ।

१. होरेस लसन हन्ली : अमेरिकाको समर काउन्टीमा सन् १८२३ को डिसेम्बर २९ मा जन्मिएका होरेस लसन हन्ली पेशाले अमेरिकी गृहयुद्धका बेला सरकारी सामुद्रिक इन्जिनियरको रुपमा कार्यरत थिए । उनले हातले दम दिन मिल्ने पहिलो सामुद्रिक पनडुब्बीको आविष्कार गरेका थिए ।

यद्यपि परीक्षणका क्रममा उक्त पनडुब्बी समुद्रमा डुबेको थियो । चालक दलका अन्य सदस्य सहित हन्ली पनि त्यहीँ पनडुब्बीमा थिए । उक्त दुर्घटनामा परी हन्ली लगायतका चालक दलका सदस्यहरुको मृत्यु भएको थियो।

२. हेनरी स्मोलिन्स्की : अमेरिकी वैज्ञानिक हेनरी स्मोलिन्स्कीले सन् १९७३ मा उड्ने कारको आविष्कार गरेका थिए । उक्त उड्ने कारको नाम उनले एभिइ मिजार राखिएको थियो । उक्त उड्ने कारको परीक्षण उडानका क्रममा कार दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार स्मोलिन्स्कीको मृत्यु भयो ।

३. फ्रान्ज रिचेल्ट : तपाइँले चराका पखेटाजस्तै कपडा लगाएका मानिसहरु पहाडको टुप्पोबाट हाम फालेर उड्दै तल खोँचसम्म पुगेर सकुशल ओर्लिएका दृश्यहरु देख्नुभएकै छ हो । मान्छेलाई चराजस्तै उड्नसक्ने बनाउने यस्ता कपडालाई विन्जसुट भनिन्छ । यस्तो आधुनिक पखेटा पहिरनको आविष्कार चाहीँ सन् १९१२ मै भएको हो ।

पेशाले कपडा सिलाउने सूचीकार रहेका ३३ वर्षीय अष्ट्रियन युवा फ्रान्ज रिचेल्टले विन्जसुटको आविष्कार गरे । आफूले तयार पारेको विन्जसुटको परीक्षणका लागि सन् १०१२ को फेब्रुअरी ४ मा उनले त्यो पहिरन लगाएर पेरिसस्थित इफेल टावरबाट हाम फाले । तर विडम्बना उनको परीक्षण सफल हुन सकेन । जोडसँग भुइँमा बजारिँदा उनको तत्कालै मृत्यु भयो ।

४. म्याडम क्यूरी : रेडियम तथा पोलोनियम नामक दुईवटा तत्वको खोजी गर्ने विश्व प्रसिद्ध भौतिक तथा रसायन वैज्ञानिक म्याडम क्युरीको मृत्यु सन् १९३४ मा भएको हो । विकिरण अर्थात् रेडियो एक्टिभिटीको खोज अनुसन्धानमा लागेकी क्यूरीको त्यहीँ खतरनाक विकिरणले शरीरमा गम्भीर असर गर्‍यो र सोही कारणले उनको मृत्यु भयो ।

५. विलियम बुलोक : अमेरिकाको ग्रिनभिलेमा जन्मिएका विलियम बोलुकलाई रिचार्ड मार्च होइले बनाएको रोटरी प्रिन्टिङ प्रेसमा आमूल सुधार गर्ने वैज्ञानिक मानिन्छ । उनकै कारणले प्रिन्टिंग प्रेसको उद्योगमा क्रान्तिकारी परिवर्तन आएको थियो । तर आफैले बनाएको प्रिन्टिंग प्रेस मेसिन मर्मत गर्ने क्रममा सोही मेसिनमा फसेर उनको मृत्यु भएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment