Comments Add Comment

सर्पले टोकेर कञ्चनपुरमा एक जनाको मृत्यु

३१ जेठ, धनगढी । कञ्चनपुरमा सर्पले टोकेर एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो खेतमा रोपाइँ गर्ने क्रममा सर्पले टोक्दा दोधारा चाँदनी नगरपालिका-८ बस्ने ४९ वर्षीया दुर्गाबहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले आफ्नै खेतमा रोपाइँ गर्ने क्रममा सर्पले हातमा टोकेको थाहा पाएपछि उनी उपचारका लागि महाकाली अस्पताल भर्ना भएका थिए । त्यहाँउपचार सम्भव नभएपछि धनगढी रेफर गरिएको थियो ।

धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment