+
+

चालु खाता २४७ अर्बले घाटामा, शोधानान्तर बचत पनि घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७८ जेठ ३१ गते २१:११

३१ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको १० महिना अर्थात् वैशाख महिनासम्म चालु खाता घाटामै देखिएको छ भने शोधानान्तर भने बचतमा देखिएको छ । तर शोधानान्तर बचत पनि अघिल्लो वर्षको तुलनामा घटेको छ ।

नेपाल राष्ट्र बैंकले १० महिनाको आर्थिक तथा वित्तीय अवस्थाबारे सार्वजनिक गरेको प्रतिवेदन अनुसार चालु खाता २ खर्ब ४७ अर्ब ८ करोडले घाटामा देखिएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ९६ अर्ब १८ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोड ५९ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब ११ करोडले घाटामा रहेको छ ।

उता शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १२० अर्ब ९० करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब १ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?