४ असार, काठमाडौं । आगामी जुलाई-अगष्टमा जापानमा हुने टोकियो ओलम्पिका लागि ब्राजिलको फुटबल टोली घोषणा भएको छ ।
ब्राजिल ओलम्पिक टोलीका प्रशिक्षक आन्द्रे जार्डिनले बिहीबार १८ सदस्यीय टोली घोषणा गरेका हुन् । जसमा भेट्रान डिफेण्डर डानी अल्भ्ससँगै डिएगो कर्लोस र गोलकिपर
सान्तोस २३ वर्ष माथिका खेलाडीका रुपमा छन् । ओलम्पिकमा यू-२३ टिम खेने भए पनि ३ जना २३ वर्ष माथिका खेलाडी राख्न पाइनेछ।
टिममा १० जना ब्राजिलमै खेल्दै आएका र ८ जना युरोपियन लिगहरुमा खेलिरहेका खेलाडी छन् ।
पाँच वर्षअघि घरेलु मैदानमा जर्मनीलाई हराउँदै ओलम्पिकमा स्वर्ण जितेको ब्राजिल यसपटक त्यसलाई रक्षा गर्ने लक्ष्यमा छ ।
३८ वर्षीय अल्भसले आफ्नो करियरमा विभिन्न उपाधि जितिसकेका छन् र अर्को उपाधि पनि थप्ने प्रयासमा हुनेछन् । ओलम्पिकमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु फर र विशेष हुने अल्भ्जले बताए ।
नेयमारको नाम पनि ओलम्पिकका लागि चर्चामा थियो तर उनलाई अन्तिम टोलीमा भने राखिएको छैन ।
यस्तो छ ब्राजिलियन टिम
गोलकिपर : सान्तोस, ब्रेनो
डिफेण्डर : डानी अल्भ्ज, गाब्रीएल मेनिनो, गुइलहेर्मे एराना, गाब्रीएल गुइमाराएस, निनो, डिएगो कार्लोस
मिडफिल्डर : डुगलास लुइस, ब्रुनो गुइमाराएस, गेर्सन, क्लाउडिन्हो, म्याथ्युज हेनरिके
फरवार्ड : म्याथ्युज कुन्हा, माल्कोम, एन्टोनी, पाउलिन्हो, पेड्रो
प्रतिक्रिया 4