Comments Add Comment

युरोकप २०२० मा एकै टिमबाट खेल्ने दाजुभाइ

१४ असार, काठमाडौं । युरोकप २०२० अन्तर्गत आइतबार राति साविक विजेता पोर्चुगलाई बेल्जियमले १-० ले पराजित गर्दा थोर्गन हाजार्डले निर्णायक गोल गरे ।

यस गोलका लागि कप्तान एडेन हाजार्ड रोमेलु लुकाकु अनि थोमस मुनिएरले महत्वपूर्ण भूमिका खेले । गोलपछि कप्तान हाजार्ड र थोर्गन हाजार्डले सँगै खुशीयाली मनाए ।

यी दुई खेलाडी टिममेट मात्र नभएर सहोदर दाजुभाइसमेत हुन् । पाँच वर्षअघि फ्रान्समा युरोकप हादा थोर्गन हाजार्ड टिममा पर्न असफल भएका थिए । त्यतिखेर एडेन हाजार्ड नै कप्तान थिए ।

यसपटक भने दाजु एडेन र भाइ थोर्गन दुवै बेल्जियमको टिममा सँगै खेलिरहेका छन् । सन् २०१६ मा बेल्जियमको टिममा रोमेलु लुकाकु र जोर्डन लुकाकु दाजुभाइ थिए । यस पटक हाजार्ड दाजुभाइ बेल्जियन टिममा छन् ।

पहिलो खेलमा एडेन हाजार्ड वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका थिए भने थोर्गनले पहिलो रोजाइमै खेलेका थिए । जहाँ करिब आधा घण्टा उनीहरुले सँगै खेले । यस्तै दोस्रो खेलमा डेनमार्कविरुद्ध पनि थोर्गनले पहिलो रोजाइमा खेलेका थिए भने एडेन दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए । फिनल्याण्डविरुद्ध भने एडेनले पहिलो रोजाइमा खेले । थोर्गनले उक्त खेल खेलेनन् ।

अन्तिम १६ अन्तर्गत पोर्चुगलविरुद्धको खेलमा दुवै हाजार्डले पहिलो रोजाइमा खेल सुरु गरेका थिए ।

युरोकप २०२० मा एउटै टिमबाट खेल्नु दुई जोडी दाजुभाइ छन् ।

हाजार्ड दाजुभाइसँगै पहिलो पटक युरोकपमा खेलेको नर्थ मेसेडोनियामा स्टेफान रिस्तोभ्स्की र मिलान रिस्तोभ्स्कीले सँगै खेले । युरोकपमा डेब्यु खेलमा डिफेण्डर स्टेफानले अष्ट्रियाविरुद्ध पहिलो रोजाइमै खेलेका थिए । उनका भाइ फरवार्ड मिलान भने ८५औं मिनेटमा मैदान प्रवेश गरेका थिए । त्यसपछि युक्रेन र नेदरल्याण्ड्सविरुद्ध भने स्टेफानले मात्रै खेले ।

पछिल्लो युरो २०१६ मा चार जोडी दाजुभाइले युरोकप खेलेका थिए । सन् २००० मा पनि चार जोडी दाजुभाइले नै युरोकप खेलेका थिए ।

इंग्ल्याण्डका ग्यारी नेभिल र पिल नेभिलले तीन पटक सँगै युरोकप खेलेका थिए । नेभिल दाजुभाइले सन् १९९६ देखि २००४ सम्म सँगै युरोकप खेलेका थिए । यस्तै क्रोएसियाका निको कोभाक र रोवर्ट कोभाकले पनि २००४ र २००८ मा लगातार दुई पटक सँगै युरोकप खेले ।

युरोकपमा सन् १९७६ मा नेदरल्याण्ड्सका दाजुभाइ रेने र विली भान डे केकोर्फले पहिलो पटक सँगै खेलेका थिए ।

 २०२० को युरोमा एउटै टिमबाट खेल्ने दाजुभाइ

एडेन हाजार्ड र थोर्गन हाजार्ड (बेल्जियम)

स्टेफान रिस्तोभ्स्की र मिलान रिस्तोभ्स्की (नर्थ मसेडोनिया)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment