Comments Add Comment

माधव नेपालसँग सांसदहरुले भने : सर्वोच्चको रिटबाट हस्ताक्षर फिर्ता हुन्न

१९ असार, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकटका सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दिएको रिटबाट हस्ताक्षर फिर्ता लिन नसकिने बताएका छन् ।

शनिबार बिहान नेता नेपालले आफू निकट सांसदहरुसँग छलफल गरेका थिए । छलफलमा नेता नेपालले राष्ट्रिय राजनीति र पार्टीभित्रको संघर्षबारे ब्रिफिङ गरेका थिए ।

अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन सम्वाद भएको र बालुवाटारमा भइरहेको बैठक रोक्न सुझाव दिएको नेता नेपालले सांसदहरुलाई बताएका थिए ।

ब्रिफिङ सुनेपछि सांसदहरुले नेता नेपाललाई सर्वोच्च अदालतमा दिएको रिटबाट फिर्ता लिन नसकिने बताएका थिए । ‘पार्टी एकता जोगाउन लागि पर्न सुझाव दिएका छौं । तर हस्ताक्षर फिर्ताको अडानमा कायम रहनुपर्ने कुरा भएको छ’, एक सांसदले भने ।

ती सांसदका अनुसार संसद् र संविधान जोगाउन अदालतमा दायर मुद्दामा हस्ताक्षर भएकाले फिर्ता नलिन सुझाव दिइएको हो ।

‘हामीले गरेको हस्ताक्षर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन मात्रै होइन, संसद् र संविधान जोगाउन हो । त्यसैले औचित्यसहितको हस्ताक्षर फिर्ता लिन हुन्न भन्ने हो’, ती सांसदले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment