Comments Add Comment

आमिर खानले गरे डिभोर्स

बलिउडका मिस्टर फरफेक्शनिस्ट आमिर खान र किरण रावले १५ वर्षको सम्बन्धलाई तोडेका छन् । उनीहरु दुवैले सहमतिमा सम्बन्ध विच्छेद गरेको बताएका छन् । दुवै श्रीमान र श्रीमतीको रुपमा नरहे पनि व्यावसायिक साझेदार भने बन्न सक्ने टाइम्स अफ इन्डियाले जनाएको छ । उनीहरुले भनेका छन्, ‘हाम्रो व्यावसायिक सम्बन्ध भने कायम छ ।’

उनीहरुको एक सन्तान छन्, अजाद । उक्त बच्चाको पालनपोषण दुवैले गर्ने सहमति भएको छ ।

आमिर खानले यसअघि सन् २००२ मा रीना दत्तसँग सम्बन्ध विच्छेद गरेका थिए । आमिर र रीनातर्फ दुई छोराछोरी छन् । पछि २००५ मा किरण रावसँग आमिरको विवाह भयो । यो आमिरको दोस्रो विवाह थियो ।

आमिर र किरण रावले अलग हुनुको संयुक्त पत्र लेखेका छन् । उनीहरुले लेखेका छन्,

 ‘यी १५ सुन्दर वर्षहरुमा हामीले एकसाथ जीवनभरको अनुभव, आनन्द र खुसी साझेदार गरेका थियौं । र, हाम्रो सम्बन्धले केवल विश्वास, सम्मान र प्रेम बढायो । अब हामी आफ्नो जीवनमा एक नयाँ अध्याय सुरु गर्न चाहन्छौं । अब पति र पत्नीको रुपमा नभई सह माता पिता र परिवारको रुपमा रहनेछौं । हामीले केही समय पहिले एक प्लान्ड सेपरेशन सुरु गरेका थियौं । अब यस व्यवस्थालाई औपचारिक रुप दिनमा सहज महसुस गरेका छौं । अलग अलग रहेर पनि आफ्नो जीवनको एक विस्तारित परिवार झैं साझेदार रहनेछाैं । हामी आफ्ना छोरा आजादप्रति समर्पित आमा बुवा हौं, जसको पालनपोषण हामी दुवै मिलेर गर्नेछौं । हामी फिल्म, पानी फाउन्डेसन र अन्य परियोजनामा पनि सहयोगी काम जारी राख्नेछौं । जसको बारेमा हामी भावुक महसुस गरिरहेका छौं । हाम्रो सम्बन्धको विकासका बारेमा उनको निरन्तर समर्थन र समझदारीका लागि हाम्रा परिवार र साथीभाइलाई एकदमै धन्यवाद दिन्छौं । हामी आफ्ना शुभचिन्तकबाट शुभकामना र आशीर्वादको अपेक्षा गर्छौं । र, आशा गर्छौं कि, हामीले जस्तै यस सम्बन्ध विच्छेदलाई एक अन्त्यको रुपमा नभई, एक नयाँ यात्राको सुरुवातको रुपमा बुझ्नुहुनेछ ।  धन्यवाद र प्रेम ।

किरण र आमिर ।

एक अन्तरवार्तामा आमिरले भनेका छन् कि उनीहरुको भेट फिल्म लगानको सेटमा भएको थियो । त्यहाँ किरण असिस्टेन डाइरेक्टर थिइन् । दुवै केही वर्ष डेट गरेपछि विवाह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment