+

सेन्ट्रल एसियन भलिबल एसोसिएसनको कोषाध्यक्षमा जितेन्द्र चन्द नियुक्त

२०७८ असार  २० गते १५:४६ २०७८ असार २० गते १५:४६
सेन्ट्रल एसियन भलिबल एसोसिएसनको कोषाध्यक्षमा जितेन्द्र चन्द नियुक्त

२० असार, काठमाडौं । नेपाल भलिबल संघ एनभीएका महासचिव जितेन्द्रबहादुर चन्द सेन्ट्रल एसियन भलिबल एसोसिएसनको कोषाध्यक्षमा नियुक्त भएका छन् ।

सेन्ट्रल जोनल नेशनल फेडेरेसनहरुको निर्णयले एनभीए महासचिव चन्दलाई आगामी चार वर्षका लागि सेन्ट्रल एसियन भलिबल एसोसिएसनको कोषाध्यक्षमा नियुक्त गरेको सेन्ट्रल एसियन भलिबल एसोसिएसनले जनाएको छ ।

सेन्ट्रल एसियन भलिबल एसोसिएसनका अध्यक्ष मोहमम्द लातिफले चन्दलाई पत्र पठाउँदै उनको नियुक्त बारे जानकारी गराएका छन् ।

सेन्ट्रल एसियन भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय