Comments Add Comment

टोकियो ओलम्पिक : पौडी खेलाडी एलेक्स भोलि जापान जाने

तस्वीर सौजन्य : नेपाल ओलम्पिक कमिटी

२० असार, काठमाडौं । आगामी जुलाई–अगष्टमा जापानमा हुने टोकियो ओलम्पिकमा सहभागिता जनाउन नेपाली पौडी खेलाडी एलेक्जेन्डर शाह (एलेक्स) सोमबार जापान प्रस्थान गर्ने भएका छन् ।

टोकियो ओलम्पिकमा नेपालबाट दुई पौडी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । यस्तै अर्की खेलाडी गौरिका सिंह भने बेलायतबाट सिधै जापान जानेछिन् । ओलम्पिक कमिटीले गौरिका सिंह भने बेलायतबाटै जापान आउने जनाएको छ ।

। एलेक्ससँगै प्रशिक्षक शंकर कार्की सोमबार जापान प्रस्थान गर्ने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । नेपाल ओलम्पिक कमिटिले आइतबार एलेक्स र शंकरलाई एक कार्यक्रमकाबीच बिदाइ गरेको हो । ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उनीहरुलाई बिदाइ गरे ।

एलेक्स र गौरिका दुवै जनाले टोकियो ओलम्पिकमा १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्ने प्रशिक्षक शंकर कार्कीले बताए ।  गौरिकाले २०७६ मंसिरमा नेपालमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा ४ स्वर्ण जितेकी थिइन् ।

गौरिकाले १३औं सागमा १०० मिटर फ्रिस्टायलमा ५८.१३ सेकेण्डमा दूरी पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जितेकी थिइन् । यस्तै एलेक्स शाहले १३औ सागमै ५४.१३ सेकेण्डको कीर्तिमान बनाएका थिए । गौरिकाले २०१६ मा भएको रियो ओलम्पिकमा भने १०० मिटर ब्यास्ट्रोकमा प्रतिस्पर्धा गरेकी थिइन् । १३ वर्षमै ओलम्पिक खेलेकी गौरिका रियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् ।

टोकियो ओलम्पिकमा दुवै खेलाडीको लक्ष्य अहिले रहेको कीर्तिमानमा सुधार गर्नु हो । गत चैतमा नेपाल आएर प्रशिक्षण गरेकी गौरिकाले त्यसबेला पनि टोकियोमा आफ्नो लक्ष्य भनेको व्यक्तिगत प्रदर्शन सुधार गर्नु रहेको बताएकी थिइन् । अहिले अधिकांश राष्ट्रिय कीर्तिमान उनैको नाममा रहेकोले व्यक्तिगत टाइमिङ सुधार गरेमा स्वतः राष्ट्रिय कीर्तिमान बन्नेछ ।

विश्व खेलकुदकै सबैभन्दा ठूलो मेला टोकियो ओलम्पिक जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुनेछ । टोकियो ओलम्पिकमा एलेक्स र गौरिकासँगै सुटिङकी कल्पना परियार, जुडोका सोनिया भट्ट र एथलेटिक्सकी सरस्वती चौधरीले पनि नेपालको प्रतिनिधित्व गर्नेछन् । पौडी र एथ्लेटिक्सबाट अनिवार्य कोटा अन्तर्गत नेपाली खेलाडीले सहभागिता जनाउन लागेका हुन् भने सुटिङकी कल्पना र जुडोका सोनिया भट्ट वाइल्ड कार्डमार्फत ओलम्पिकका लागि छनोट भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment