+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

युरोप र दक्षिण अमेरिकामा खेल, नेपालमा सट्टेबाजी

८ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २१ गते १५:४०

२१ असार, काठमाडौं । युरोकप र कोपा अमेरिका फुटबल खेलमा सट्टेबाजी गरेको आरोपमा प्रहरीले काठमाडौंबाट ८ जनालाई पक्राउ गरेको छ ।

युरोपमा जारी युरोकप र दक्षिण अमेरिकामा जारी कोपा अमेरिका फुटबलमा अनलाइनमार्फत बाजी राख्न राख्न लगाएको अभियोगमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–४ सुकेधाराका ५७ वर्षीय राजेन्द्र श्रेष्ठ प्रधान, काठमाडौं महानगरपालिका–१९ ढोकाटोलका ४७ वर्षीइ जीवन लामा, वीरगञ्ज महानगरपालिका–७ घर भई काठमाडौंको कुलेश्वर बस्ने ४६ वषीैय सुरज टिवडेवाल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।

यसैगरी भारत बिहारको रक्सौल घर भई काठमाडौंको कुलेश्वर बस्ने ४६ वर्षीय अशोककुमार गुप्ता, चितवनको खैरहनी नगरपालिका–५ टरौली घर भई काठमाडौंको धापासी बस्ने ४५ वर्षीय गोविन्दप्रसाद आचार्य, भारतको हरियाण घर भई काठमाडौंको इन्द्रचोक बस्ने ४९ वर्षीय राजेशकुमार अग्रवाल, भारत राजस्थान घर भई काठमाडौंको क्षेत्रपाटी बस्ने ३३ वर्षीय सुचित डालमिया अग्रवाल र विराटनगर महानरपालिका–७ घर भई काठमाडौंको मरुटोल बस्ने ४६ वर्षीय अमरनाथ गुप्ता पनि समातिएको उनले बताए ।

उनीहरुले विभिन्न स्थानबाट सट्टेबाजीमा प्रयोग भएको पैसा आईएमईबाट पठाउने र लिने गरी कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?