+
+
Shares

इसेवा मनि ट्रान्स्फर र युकेको सिफ्ट सर्भिसबीच रेमिट्यान्स भुक्तानी सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २३ गते १८:२६

इसेवा मनि ट्रान्स्फर र युकेस्थित् सिफ्ट फाइनान्सियल सर्भिसबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। सम्झौतासँगै युके, युरोप, अमेरिका, मध्यपूर्बका ५० भन्दा बढी देशहरूबाट सहजै रेमिट्यान्स् पठाउन सकिन्छ।

विदेशमा रहेका नेपालीहरूले सिफ्ट मार्फत नेपालका कुनै पनि बैंक खातामा तथा इसेवा वालेटमा आफ्नो स्मार्ट फोनबाटै रियल टाइममा कम लागतमा रकम पठाउन सक्नेछन्।

नेपालीहरुले सिफ्ट मार्फत पठाएको रकम इसेवा मनि ट्रान्स्फरका नेपालभर रहेका ८ हजार बढी एजेन्ट नेटवर्कबाट समेत पाउन सकिनेछ। साथै सिधै इसेवा वालेटमा समेत रकम लोड गर्न सकिनेछ। सिफ्ट युकेमा अवस्थित् अन्तर्राष्ट्रिय विप्रेषण सेवा प्रदायक कम्पनी हो।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?