+
+

महिलालाई कम्बोडिया पुर्‍याएर बेचबिखन गरेको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २४ गते १६:५३

२४ असार, काठमाडौं । प्रहरीले महिलालाई कम्बोडिया पुर्‍याएर बेचबिखन गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

फेसबुकबाट चिनजान गरी एक महिलालाई कम्बोडिया पुर्‍याएर बेचबिखन गरेको आरोपमा धनकुटाका ३५ वर्षीय किसान राईलाई प्रहरीको मानव बेखबिखन ब्यूरोको टोलीले पक्राउ गरेको प्रहरी उपरीक्षक अनुराग कुमार द्विवेदीले जानकारी दिए ।

उनीहरुको गिरोहले उक्त महिलालाई कन्सट्रक्शन तथा व्यापारको काममा एक लाख मासिक तलब पाउने आश्वासन दिइ कम्बोडिया पुर्‍याएको प्रहरीको दाबी छ ।

उनीहरुले पीडितसँग रु चार लाख ५० हजार लिई काठमाडौँबाट काँकडभिट्टाबाट भारतको आसाम, नागाल्याण्ड, ग्वाटी हुँदै मनिपुर पुर्‍याएका थिए । त्यसपछि पैदलै म्यान्माको नाकाबाट थाइल्याण्ड प्रवेश गराई कम्बोडिया पुर्‍याएको खुल्न आएको प्रहरीको मानव बेखबिखन ब्यूरोले जनाएको छ ।

उनीहरुले चिनियाँ नागरिकलाई खाना पकाउने र घर सफा गर्ने भनी झुक्याएर यौन शोषण गर्ने गरी बेचबिखन गरेको भन्ने पीडितले जाहेरी दिएपछि ब्यूरोले फरार रहेका उनलाई पक्राउ गरेको हो ।

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसारको मुद्दामा अनसुन्धान भइरहेको प्रहरी उपरीक्षक (एसपी) द्विवेदीलेब बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?