Comments Add Comment

अपहरण, चोरी र बलात्कार घटनाका आरोपी पक्राउ

२४ असार, काठमाडौं । दाङमा अपहरण, डाँका चोरी र बलात्कारको आरोप लागेका दुई जना पक्राउ परेका छन् ।

असार ६ गते रोल्पाको हेलेरीस्थित चुनढुंगा खानीबाट टिपरमा दाङको लमहीतर्फ आउँदै गर्दा कमानपुरस्थित करी सामुदायिक वनको जंगलमा टिपर चालक र सहचालकको अपहरण भएको थियो ।

उनीहरुलाई सालको रुपमा बाँधेर चालकको श्रीमती र सालीको गहना, मोवाइल, सुनका गहना लुटपाट गरी बलात्कार भएको प्रहरीले जनाएको छ ।

उक्त घटनामा संलग्नको आरोपमा प्रहरीले लमही नगरपालिका–७ कमानपुरका १८ वर्षका किरण बुढा, वडा नं ६ देउपुर बस्ने २१ वर्षका अरविन्द चौधरीलाई पक्राउ गरेको छ ।

त्यस्तै कमानपुरका २१ वर्षका प्रेमबहादुर दमाइ भने फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

प्रहरीले फरार अभियुक्तको फोटोसहितको विवरण सार्वजनिक गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment