Comments Add Comment

कांग्रेसमा संस्थापन इतर समूहका सभापतिका आकांक्षीको बैठक सुरु

२५ असार, काठमाडौं । कांग्रेसको १३ औं महाधिवेशनका लागि संस्थापन इतर समूहका सभापतिका आकांक्षीको बैठक सुरू भएको छ ।

काठमाडौंको अनुपम फुडल्याण्डमा संस्थापन इतर समूहबाट सभापतिको सर्वसम्मत उम्मेदवार चयन गर्न छलफल सुरु भएको हो ।

छलफलमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, शेखर कोइराला र अर्जुननरसिंह केसी उपस्थित छन् ।

हालसम्‍म शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले सभापतिमा दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment