+
+

संरक्षित वन्यजन्तुको आखेटोपहारसहित दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ असार २५ गते १८:२०

२५ असार, काठमाडौं । संरक्षित वन्यजन्तुको आखेटोपहारसहित प्रहरीले काठमाडौंको बौद्धबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ का २८ वर्षीय सविन तामाङ र रामेछापको लिखु गाउँपालिका–५ नागदह घर भई भक्तपुरको पुरानो ठिमी बस्ने २६ वर्षीय हितबहादुर मगर छन् ।

संरक्षित वन्यजन्तुको एक थान छाला र सालकको एक थान खपटा अवैध रुपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कानूनी कारबाहीका लागि डिभिजन वन कार्यालय, हात्तीसारमा पेश गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?