+

थ्री नेसन्स कप फुटबल विजेता खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार

२०७८ असार  २७ गते १५:०९ २०७८ असार २७ गते १५:०९
थ्री नेसन्स कप फुटबल विजेता खेलाडी र प्रशिक्षकलाई नगद पुरस्कार

२७ असार, काठमाडौं । गत चैतमा सम्पन्न थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टिमलाई सरकारले नगदसहित सम्मान गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विजेता टोलीका खेलाडी ४-४ लाख र प्रशिक्षकलाई २ लाख रुपैयाँ नगदसहित पुरस्कृत गरेका हुन् ।

थ्री नेसन्सको उपाधि जितेपछि राष्ट्रिय खेलकुद परिषद्‌को सिफारिसमा मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई ४-४ लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।

गत चैत १६ गते भएको थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २-१ ले हराएर उपाधि जितेको थियो ।

प्रतियोगितामा कीर्गिस्तानको ओलम्पिक टिम पनि सहभागी थियो । दशरथ रंगशालामा भएको फाइनलमा नेपाललाई जित दिलाउन संजोग राई र विशाल राईले गोल गरेका थिए ।

थ्री नेसन्स कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय