Comments Add Comment

मूल्यवृद्धिविरुद्ध आन्दोलित विद्यार्थी संगठनलाई वार्तामा बोलाइयो

२७, असार, काठमाडौं । नेपाल आयल निगमले मूल्यवृद्धिविरुद्ध आन्दोलित विद्यार्थी संगठनलाई छलफलमा बोलाएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विद्यार्थी संगठनले आन्दोलन चर्काएपछि निगमले आइतबार पाँच विद्यार्थी संगठनका प्रमुखहरुलाई पत्राचार गर्दै छलफलमा बोलाएको हो ।

सोमबार दिउसो एक बजेका लागि छलफलमा बोलाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । संयुक्त विद्यार्थी संगठनमार्फत निगमलाई असार २४ मा बुझाइएको ज्ञापनपत्रको सम्पबन्धमा छलफल गर्न आह्वान गरिएको प्रवक्ता उपाध्यायले बताए ।

नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष रन्जित तामाङ र अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली छलफलमा बोलाइएको छ ।

यस्तै समाजवादी विद्यार्थी यूनियनका अध्यक्ष रुपनारायण श्रेष्ठ र छैठौंका अध्यक्ष बिमल पोख्रेललाई पनि छलफलमा बोलाइएको प्रवक्ता उपध्यायले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment