Comments Add Comment

तालिबानको डरले भागेर इरान पुगेका अफगानी सैनिकलाई फिर्ता पठाइयो

२८ असार, काठमाडौं । इरानले तालिबानको डरले भागेर आफ्नो मुलुकमा आएका अफगानी सेनालाई फिर्ता पठाएको छ ।

इरानको आईआरआईबीका प्रवक्ता जनरल मेहदी हाजियानले अफगानिस्तानको सरकारले गरेको अनुरोधलाई स्वीकार गर्दै उनीहरुलाई फिर्ता गरिएको जानकारी दिएका छन् । उनीहरुलाई हवाई मार्गबाट फिर्ता पठाइएको उनको भनाइ छ ।

इरानको सीमा प्रशासनका अनुसार तालिबानी चरमपन्थीले गत ८ जुलाईमा इरानसँग जोडिएको अफगानिस्तानको तीनमध्ये दुई सीमाचौकीमा कब्जा जमाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार तालिबानको आक्रमणमा चौकी ध्वस्त भएपछि भागेर इरान आएका सैनिकलाई अहिले अफगानिस्तान फिर्ता पठाइएको हो ।

हाजियनले इरानले इस्लामिक मूल्य, राम्रो छिमेकी सम्बन्ध भएको नाता र अन्तर्राष्ट्रिय सन्धिको कारण अफगानी सैनिकलाई आफ्नो जमीनमा प्रवेश गर्न दिएको र उनीहरुलाई आश्रय पनि दिएको बताएको छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment