Comments Add Comment

सांसदहरुको एन्टीजेन परीक्षण सुरु

Photo Credit : सभामुखको सचिवालय

१ साउन, काठमाडौं । साउन ३ गते दिउँसो ४ बजे बस्‍ने प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशनका लागि सभामुखसहित सांसदहरुको एण्टीजेन परीक्षण सुरु गरिएको छ ।

बिहान ११ बजेदेखि सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, संघीय सांसदहरु, महासचिव, सचिव, संसद सचिवालयका सम्पूर्ण कर्मचारीहरुको एन्टीजेन परीक्षण सुरु गरिएको संसद सचिवालयलय जनाएको छ ।

यस्तै संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारी, मर्यादापालक, संसदीय मामला पत्रकार, स्वकीय सचिवालयका कर्मचारी लगायतको पनि आजै एण्टीजेन परीक्षण गराइने संसद सचिवालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक साउन ३ गते दिउँसो ४ बजेका लागि बोलाएकी थिइन् ।

गत जेठ ७ गते मध्यरातमा सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । तर सर्वोच्च अदालतले संसद पुनर्स्थापना हुने फैसला गरी साउन ३ गतेभित्र बैठक बोलाउन पनि आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

ती ओली, यी देउवा

Advertisment