+
+
Shares

एमाले स्थायी कमिटी बैठक शुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३ गते १२:०१

३ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को स्थायी कमिटी बैठक शुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक शुरु भएको हो ।

दोस्रो पटक पुनर्स्थापना भएको प्रतिनिधि सभाको बैठक पनि आज अपराह्न ४ बजे बस्दैछ । उक्त बैठकअघि एमालेको स्थायी कमिटी बैठक बसेको हो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट च्युत हुनुका साथै संसद पुनर्स्थापना भैसकेपछि पार्टीभित्र देखिएको समस्याको विषयमा छलफल हुने बताइएको छ ।

यसअघि शुक्रबार पनि एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बसेको थियो । स्थायी कमिटीले एमालेको भूमिका प्रतिपक्षका रुपमा हुने र सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो ।

स्थायी कमिटी र दलको दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरु भने सहभागी भएका थिएनन् । आजको बैठकमा पनि नेपाल समूह सहभागी भएको छैन । माधव समूहले छुट्टै छलफल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?