Comments Add Comment

मेरो सेयरमा थपियो ‘माइ होल्डिङ’ फिचर, कसरी गर्ने प्रयोग ?

४ साउन, काठमाडौं । मेरो सेयर सफ्टवेरमा ‘माइ होल्डिङ’ नामक नयाँ फिचर थपिएको छ । सेयर बिक्री गर्दा उल्लेख गरिने सेयरको बिक्री स्रोत (माइ पर्चेज सोर्स)सँगै नयाँ फिचर ‘माइ होल्डिङ’ थप गरिएको हो ।

नयाँ आर्थिक वर्षसँगै दोस्रो बजारमा हुने सेयर खरिद बिक्रीको करमा भएको दुई थरी प्रावधानलाई सहजीकरण गर्न यस्तो फिचर थपिएको केन्द्रीय निक्षेप प्रणाली (सीडीएससी) ले जनाएको छ ।

सेयर लगानीकर्ताले कुन सेयर कति समय होल्ड गरेर बिक्री गरेको हो भन्ने विवरण यकिन गरी पुँजीगत लाभकर गणना गर्न यस्तो सुबिधा थप गरिएको सीडीएससीका सूचना अधिकारी सुरेश न्यौपानेले जानकारी दिए । आइतबार बेलुकी ७ बजेबाट प्रयोगमा आएको उक्त फिचर सोमबारबाटै प्रयोगमा आइसकेको छ ।

नयाँ आर्थिक वर्ष सुरु भएपछि एकवर्ष भन्दा धेरै समय होल्ड गरेर बिक्री गर्ने लगनीकर्तालाई पाँच प्रतिशत र सो भन्दा कम अवधिमा सेयर बिक्री गर्ने लगानीकर्तालाई ७.५ प्रतिशत पुँजीगत लाभकरको व्यवस्था गरिएको थियो ।

नयाँ फिचरबाट लगानीकर्ताले आफूले बेचेको सेयर कति सिमय होल्डभएर बिक्री गरियो र त्यसमा कति पूँजीगत लाभकर लाग्ने भो भन्ने थाहा हुने सूचना अधिकारी न्यौपानेले बताए ।

कसरी प्रयोग गर्ने ‘माइ होल्डिङ’ ?

लगानीकर्ताले सेयर बिक्री गरेको एक कार्य दिनभित्र मेरो सेयर सफ्टवेरमा रहेको  ‘माइ ईडीआईएस’ अप्सन क्लिक गरेपछि उक्त पोर्टलभित्र रहेको सेयर ट्रान्स्फर ट्याबमा क्लिक गर्नुपर्छ ।

उक्त ट्याबमा लगानीकर्ताले बिक्री गरेको सेयरको लागतको भारित औसत गणना गर्न बाँकी छ भने उक्त सेयरहरुको लागत भारित गणना गर्न बाँकी रहेको देखाउँछ ।

त्यसपछि त्यहाँ माइ होल्डिङ भन्ने नयाँ फिचर थपिएको छ । पर्चेज सोर्समा आफूले बेचेको सेयर सर्च गर्ने र त्यसलाई माइ होलि्डङमा लैजानपर्छ । माइ होल्डिङमा सेयर जानेबित्तिकै इडीआईएसभित्र गएर सेयर हस्तान्तरण गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment