Comments Add Comment

अन्तरिक्ष यात्रामा जाँदै जेफ बेजोस, नर्भस नभएको प्रतिक्रिया

विश्वका सबैभन्दा धनी व्यक्ति तथा अमेजन कम्पनीका पूर्वसीईओ जेफ बेजोस आज मंगलबार पहिलो अन्तरिक्ष यात्रामा जाँदैछन् । आफ्नै कम्पनी ब्लु ओरिजिनको रकेटयान न्यू शेर्फडमार्फत् बेजोस अन्तरिक्ष यात्रामा जान लागेका हुन् ।

उक्त अन्तरिक्ष यात्रामा बेजोससँगै उनका भाइ मार्क बेजोस, ८२ वर्षकी वाली फंक र १८ वर्षका एक युवक ओलिभर डायमेन रहनेछन् ।

उनीहरु अन्तरिक्षमा एक क्याप्सुलभित्र रहनेछन् जसको विशाल झ्यालबाट पृथ्वीको अद्धितीय दृश्य हेर्न पाउनेछन् ।

बेजोसको कम्पनी ब्लु ओरिजिनको तयार गरेको न्यु शेर्फड यान अन्तरिक्ष पर्यटनको अत्यधिक सम्भावनालाई क्यास गर्नका लागि डिजाइन गरिएको हो ।

आफ्नो अन्तरिक्ष उडानबाट आफू निकै उत्साहित रहेको भन्दै बेजोसले भनेका छन्, ”म उत्साहित छु । मानिसहरुले तपाईं नर्भस हुनुहुन्छ कि भनेर मलाई सोधिरहेका छन् । वास्तवमा म नर्भस होइन उत्साहित छु । हामीले के सिक्न जाँदैछौँ भन्ने कुरा म जान्न चाहन्छु ।”

सीबीएससँगको अन्तर्वार्तामा उनले भनेका छन्- हामीले तालीम गरिरहेका छौँ यो यान र यात्रुहरु तयार छन् । यो टिम उत्कृष्ट छ । हामीले निकै राम्रो महसुस गरिरहेका छौँ ।
अमेरिकाको टेक्सासमा रहेको भान हर्नस्थित बेजोसको अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट बेजोससहितका यात्रुलाई लिएर मंगलबार स्थानीय समय अनुसार बिहान नौ बजे न्यु शेफर्ड रकेट अन्तरिक्षयात्रामा उड्नेछ ।

रकेटभित्र रहेको क्याप्सुलमा रहेर यात्रुहरु पृथ्वीभन्दा १०६ किलोमिटरमाथि पृथ्वीको कक्षीय क्षेत्रमाथि पुग्नेछन् । उनीहरु पृथ्वीमा अवतरण गर्दाचाहिँ प्यारासुटबाट गर्नेछन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment