Comments Add Comment

इंग्ल्याण्डले जित्यो टी-२० सिरिज

५ साउन, काठमाडौं । घरेलु टोली इंग्ल्याण्डले पाकिस्तानविरुद्धको टी-२० सिरिज आप्नो पक्षमा पारेको छ । मंगलबार राति भएको तेस्रो तथा अन्तिम टी-२० मा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै इंग्ल्याण्डले सिरिज २-१ ले जितेको हो । पहिलो खेल हारे पनि इंग्लयाण्डले लगातार दुई खेल जितेको हो।

म्यानचेष्टरमा पाकिस्तानले दिएको १५५ रनको लक्ष्य इंग्ल्याण्डले १९.४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्‍यो । इंग्लयाण्डका लागि ओपनर ज्यासन रोएले ३६ बलमा १२ चौका र एक छक्का मद्दतमा सर्वाधिक ६४ रन बनाए । यस्तै डेविड मलानले ३१ रन योगदान गरे । पाकिस्तानमा मोहम्मद हाफिजले तीन विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ओपनर मोहम्मद रिजवानको अर्धशतक मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो ।

विकेटकिपर जवानले ५७ बल खेल्दै पाँच चौका र तीन छक्का मद्दतमा अवजिति ७६ रन बनाए । फकार जमानले २४ रन जोडे । बलिङमा इंग्ल्याण्डमा एदिल रसिदले चार विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment