६ साउन, काठमाडौं । आरोन फिन्च घाइते भएपछि पहिलो पटक ओडीआईमा कप्तानी गरेका एलेक्स केरीको अर्धशतक अनि मिचेल स्टार्कको पाँच विकेटमा अष्ट्रेलियाले वेष्टइन्डिजलाई पहिलो ओडीआईमा सहजै पराजित गरेको छ ।
बार्बेडोसमा भएको खेलमा अष्ट्रेलियाले वेष्ट इन्डिजलाई डिएल मेथडमा १३३ रनले पराजित गर्दै तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ४९ ओभरमा ९ विकेट गुमाएर २५२ रन बनाएको थियो । तर वर्षाले प्रभावित भएको खेलमा वेष्ट इन्डिजले २५७ रनको नयाँ लक्ष्य पायो ।
तर मिचेल स्टार्क र जोस हाजेलउडको धातक बलिङ सामु वेष्ट इन्डिज टिक्न सकेन र २६.२ ओभरमा १२३ रनमै अलआउट भयो । २७ रन हुँदा ६ विकेट गुमाएको वेष्ट इन्डिजका लागि कप्तान काएरन पोलार्डले अर्धशतक प्रहार गरे पनि फराकिलो हारबाट जोगाउन सकेनन् ।
पोलार्डले ५७ बल खेल्दै पाँच चौका र ३ छक्का मद्दतमा ५६ रन बनाए । वेष्ट इन्डिजलाई अलआउट गर्न अष्ट्रेलियाका स्टार्कले ८ ओभरमा १ मेडन राख्दै ४८ रन खर्चेर ५ विकेट लिए ।
हाजेलउडले ६ ओभरमा एक मेडन राख्दै ११ रन मात्र खर्चेर ३ विकेट लिए । एडम जाम्पा र मिचेल मार्सले समान एक विकेट लिए ।
त्यसअघि एलेक्स केरी र एस्टन टर्नरले पाँचौ विकेटका लागि शतकीय साझेदारी गरेका थिए । केसीले ८७ बल खेल्दै पाँच चौका र दुई छक्का मद्दतमा ६७ रन बनाए । टर्नरले ४५ बलमा २ चौका र २ छक्का मद्दतमा ४९ रन जोडे ।
यस्तै जोस पिलिपेले ३९ रन बनाउ ।
बलिङमा वेष्ट इन्डिजका हाएडेन वाल्स जुनियरले १० ओभरमा ३९ रन खर्चेर पाँच विकेट लिए ।
प्रतिक्रिया 4