+
+

वीरगञ्‍जबाट ५ किलो चाँदीका गरगहनासहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ६ गते १२:२८

६ साउन, काठमाडौं । पर्सा प्रहरीले वीरगञ्‍जबाट ५ किलो अवैध चाँदीका गरगहनासहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरी राजविराज उपमहानगर २ स्थायी घर भएका हाल चितवन खैरेनी नगरपालिका २ का श्रेया ज्वेलर्सका सञ्‍चालक ४३ वर्षीय अंगत साह रहेका छन् ।

भारतबाट अवैध रुपमा चाँदीका गरहना ल्‍याउँदै गरेको सूचनाको आधारमा पर्सा इनर्वाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई आवश्‍क कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?