
१० साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् ।
कञ्चनपुरकी १३ वर्षकी निर्मलाको बलात्कारपछि हत्या भएको ३ वर्ष पुगेको दिन आइतबार गृहमन्त्री बालकृष्ण खाँड र प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाज्ञ बोलाएर उनले यस घटनामा भएको अनुसन्धानबारे जानकारी लिएका छन् ।
‘चाँडो भन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु’ देउवाले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।
कञ्चनपुरकी निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या भएको अवस्थामा शव भेटिएको थियो । तर हत्यामा संलग्नलाई प्रहरीले अहिलेसम्म कारबाहीको दायरामा ल्याउन सकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4