+

ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र घर पुरस्कार

२०७८ साउन  १२ गते १३:१९ २०७८ साउन १२ गते १३:१९
ओलम्पिकमा स्वर्ण जित्ने फिलिपिन्सकी खेलाडीलाई साढे ६ लाख डलर र घर पुरस्कार

१२ साउन, काठमाडौं । फिलिपिन्सकी हिडिल्यन डियाजले टोकियो ओलम्पिकमा स्वर्ण पदक जित्दै सरकारबाट करिब ६ लाख ६० हजार डलर र एउटा घर पुरस्कार पाएकी छन् । उनले फिलिपिन्सको लागि पहिलोपटक ओलम्पिकमा स्वर्णपदक जिताएकी हुन् ।

सोमबार साँझ भएको भारत्तोलन तर्फको ५५ केजी समूहको प्रतिस्पर्धामा डियाजले स्वर्णपदक जितेकी हुन् । उनले १२७ किलो उठाउँदै भारत्तोलनमा आफ्नो व्यक्तिगत कीर्तिमान पनि सुधार गरेकी छन् ।

फिलिपिन्सले सन् १९२४ मा भएको पेरिस ओलम्पिकमा पहिलोपटक सहभागिता जनाएको थियो । तर, अहिलेसम्म मुलुकको लागि स्वर्णपदक भने कसैले पनि जित्न सकेका थिएनन् । डियाजले टोकियो ओलम्पिक आफ्नो लागि अन्तिम ओलम्पिक हुने घोषणा गरिसकेकी छन् । स्वर्णपदक जितेसँगै फिलिपिन्स सरकारले उनलाई ६ लाख ६० हजार डलर बराबरको नगद, केही व्यवसाय र नयाँ घर पुरस्कारको रुपमा बताएको छ । स्वर्णपदक जितेपछि डियाजले भनिन्, ‘मैले विश्वास नै गर्न सकिरहेको छैन, मेरो ठूलो सपना पूरा भयो ।’

‘म फिलिपिन्सको नयाँ पुस्तालाई के भन्न चाहन्छु भने तपाईंले पनि स्वर्ण पदकको सपना देख्न सक्नुहुन्छ,’ उनले थपिन् । डियाज दुई वर्षदेखि मलेसियामा बस्दै आएकी थिइन् ।

एजेन्सीहरुको सहयोगमा

टोकियो ओलम्पिक फिलिपिन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय