
बरामद भएको सुन
१२ साउन, काठमाडौं । त्रिभुवन विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हिमालय एयरलाइन्सको उडानमार्फत दुबईबाट आएका गोरखाका पदम परियारलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
विमानस्थलको आगमनतर्फको भन्सार चेकचाँच गर्ने क्रममा एक्सरे गर्दा उनले ल्याएको कफी मेकरमाथि शंका लागेर खोलेर हेर्दा फलामबाट बनेको वस्तुभित्र अवैध रुपमा ल्याएको ११ सय ६५ ग्राम सुन फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका परियारलाई थप अनुसन्धान र कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4