+

आइभरीकोस्टलाई ५-२ ले हराउँदै स्पेन ओलम्पिक फुटबलको सेमिफाइनलमा

२०७८ साउन  १६ गते १९:४० २०७८ साउन १६ गते १९:४०
आइभरीकोस्टलाई ५-२ ले हराउँदै स्पेन ओलम्पिक फुटबलको सेमिफाइनलमा

१६ साउन, काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिकको पुरुष फुटबलमा स्पेन सेमिफाइनल प्रवेश गरेको छ । शनिबार भएको पहिलो क्वार्टरफाइनलमा आइभरी कोस्टलाई अतिरिक्त समयमा ५-२ गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो ।

खेलमा आइभरीकोस्टले दुई पटक अग्रता लिएपनि जोगाउन सकेन भने स्पेनले पुनरागमन गरेर खेल जित्यो । स्पेनको जितमा राफा मिरले ह्याट्रिक गरे । यस्तै डानिल ओल्मो र मिकेल ओयार्जाबलले एक-एक गोल गरे । आइभरी कोस्टका एरिक बाई र म्याक्स ग्राडेलले एक-एक गोल गरे ।

प्रतिस्पर्धात्मक र रोमान्चक खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले २-२ गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । जहाँ स्पेनले ३ गोल थप्यो ।

ओलम्पिक फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय