+
+

प्रदेश-१ले बढायो प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारीको भाडा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १३:२०

२ भदौ, काठमाडौं । प्रदेश १ सरकारले प्रदेशस्तरमा चल्ने सार्वजनिक सवारीको भाडा बढाएको छ । प्रदेश-१को भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारीको भाडा २३ प्रतिशतसम्म बढाएको हो ।

यात्रुबाहक सवारीको भाडा २२ प्रतिशत बढाएको प्रदेश सरकारले पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा पनि १६.५ प्रतिशत बढाएको छ । तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा भने २३ प्रतिशत बढाएको छ ।

संघीय सरकारले गत असार २९ गतेबाट लागू हुने गरी २८ प्रतिशतसम्म लामो दूरीमा चल्ने (अन्तरप्रदेश) सवारीको भाडा बढाएको थियो ।व्यवसायीको विरोध

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भने प्रदेश १ सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । महासंघका महासचिव सरोज सिटौलाले संघीय सरकारले वैज्ञानक रुपमा बढाएको भाडादरअनुसार नै प्रदेश र स्थानीय तहले समायोजनको निर्णय गर्नुपर्ने बताउँछन् ।

‘संघीय सरकारले वैज्ञानिक रुपमै अध्ययनका आधारमा भाडा बढाएको हो, स्थानीय रुटमा चल्ने सवारीको सञ्चालन खर्च लामो दूरीकोभन्दा कम छैन,’ उनले भने,’संघको निर्णयमा नटेकी भएको निर्णयप्रति हाम्रो असहमति छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?