+
+

अमेरिकाले प्रदान गर्‍यो थप स्वास्थ्य सामग्री

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २ गते १८:४२

२ भदौ, काठमाडौं । अमेरिकाले कोभिड-१९ विरुद्ध लड्न सहयोग पुर्‍याउनका लागि थप स्वास्थ्य सामग्री प्रदान गरेको छ । नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी डब्ल्यु बेरीले मंगलबार अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) नेपालकी नियोग प्रमुख सेपिडे केभान्शाडका साथ काठमाडौंको वीर अस्पताल र परोपकार प्रसूति अस्पताललाई दुईवटा तरल अक्सिजन ट्याङ्क हस्तान्तरण गरे ।

यी तरल अक्सिजन प्रणालीहरू उक्त अस्पतालका केन्द्रीय अक्सिजन प्रणालीसँग जोडिएका छन् । उक्त अक्सिजन ट्याङ्कले एक घण्टामा ४० लिटर क्षमताका लगभग ४० वटा सिलिन्डर भर्नेछन् । यूएसएआईडीको सहयोगमा थप चारवटा तरल अक्सिजन ट्याङ्क देशभरका विभिन्न अस्पतालमा जडान हुँदैछन् ।

मंगलबार नै अमेरिकाले नेपाललाई यूएसएआईडीमार्फत थप १ करोड ५ लाख अमेरिकी डलरको अत्यन्त जरुरी कोभिड–१९ विरुद्धका स्वास्थ्य सामग्री पुर्‍याउने र सीमा नाकाहरूमा हुने एन्टिजेन परीक्षणको विस्तार गर्न सहयोग गर्नेछ ।

उक्त कोषले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई कोभिड–१९ सम्बन्धी संहिता तथा मार्गदर्शन विकास गर्न, ‘सर्ज’ क्षमता अभिवृद्धिका निम्ति स्वास्थ्यकर्मीहरूको प्रशिक्षण तथा भर्ती गर्न र सघन उपचार सुदृढ गर्न पनि मद्दत गर्नेछ ।

कोभिड–१९ महामारीको अन्त्य गर्न, यसका विनाशकारी सामाजिक तथा आर्थिक असरहरू न्यूनीकरण गर्न र भविष्यमा आउने प्रकोपहरूमा प्रभावकारी रूपमा प्रतिकार्य गर्न तयार अझ राम्रो विश्वको पुनर्निर्माण गर्न अमेरिका नेपालसँग साझेदारी गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?