
३ भदौ, काठमाडौं । बागमती प्रदेश सरकारको नेतृत्व गरेका मुख्यमन्त्री डोरमणि पौडेल बिहीबार निजी निवास फर्किएका छन् ।
बिहीबार मुख्यमन्त्री कार्यालय छाडेर निजी निवास फर्किने क्रममा उनले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै शैली अपनाएका छन् ।
४२ महिना सरकारको चलाएका निवर्तमान मुख्यमन्त्री पौडेलले हेटौंडा-२ स्थित सरकारी निवार छोडेर बाहिरिदै गर्दा हेटौंडाबाट पार्टी निकट युवा तथा विद्यार्थीका नेता कार्यकर्ताहरुले गाडी र मोटरसाइकलले स्कर्टिङ गरी निवास पुर्याएका थिए ।
एमाले नेता कार्यकर्ताले ‘पार्टी एकता जिन्दावाद, नेकपा एमाले जिन्दाबाद, डिएम बा वी लभ यू, हाम्रो नेता कस्तो होस, डिएम बा जस्तो होस’ जस्ता नारा लगाएका थिए । उनी ‘सन रुफ’बाट टाउको निकाल्दै सरकारी निवासदेखि निजी निवाससम्म पुगेका थिए ।
पार्टी र जनताको हितमा काम गर्छु: डोरमणि
एमाले कार्यकता, युवा विद्यार्थीको स्कटिङमा निजी निवास पुगेका निवर्तमान मुख्यमन्त्री पौडेलले पार्टी र जनताको पक्षमा काम गर्ने बताए। नेतृत्वमा रहदा हेटौंडाको बिकासका लागि काम गरेको भन्दै अब पार्टी निर्माणसँगै जनताको पक्षमा काम गर्ने उनको भनाई थियो ।
पदमा रहँदा पार्टीको काम र तथा अभियानमा क्रियाशील हुन नपाएको भन्दै अबको अधिकाशं समय पार्टी काममा सक्रिय रहनने बताए । उनले आफूले प्रदेशको नेतृत्व र पार्टी अध्यक्ष केपी शर्मा ओलीले देशकै नेतृत्व पाउँदा ७० वर्षमा हुन नसकेको विकास निमार्णका कामहरु ३ वर्षमै सम्पन्न भएको दाबी गरे ।
प्रतिक्रिया 4