+

सी डिभिजन छनोटमा ७८ टिम, पहिलो खेलमा सतासीधाम र च्याम्पियन ब्वाइज भिड्ने

२०७८ भदौ  ४ गते २०:०४ २०७८ भदौ ४ गते २०:०४
सी डिभिजन छनोटमा ७८ टिम, पहिलो खेलमा सतासीधाम र च्याम्पियन ब्वाइज भिड्ने

४ भदौ, काठमाडौं । शहीद स्मारक सी डिभिजन लिग छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार छनोटको खेल तालिका सार्वजनिक गरेको हो ।

छनोट प्रतियोगितामा ७९ क्लबले दर्ता गरे पनि अन्तिम समयमा काठमाडौं युनाइटेडले कोभिड–१९ का कारण नाम फिर्ता लिएपछि अब ७८ टिमले खेल्नेछन् । भदौ १० गतेदेखि शुरु हुने छनोट प्रतियोगिताको पहिलो दिन सतासीधाम स्पोर्टिङ क्लब र च्याम्पियन्स ब्वाइज एफसीबीच खेल हुनेछ ।

यस्तै पहिलो दिनको दोस्रो खेलमा एफसीएस एस र गोदावरी युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ । छनोटबाट तीन टिम सी डिभिजनमा बढुवा हुनेछन् ।

सी डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय