+
+

शाही र खत्रीलाई पदमुक्त नगरेसम्म सदन चल्दैन : एमाले

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते ११:५६

७ भदौ बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य एवं विना विभागीय मन्त्री अजय शाही र सांसद विमला खत्रीलाई पदबाट नहटाएसम्म सदन चल्न नदिने बताएको छ ।

प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीमगरलाई सोमबार पत्र बुझाउँदै प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले पटक-पटक पद अनुकुलको आचरण नगरी प्रदेशसभाको गरिमामा आँच आउने काम गरेकाले संविधानको धारा १८२ को उपधारा ६ को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० बमोजिम आचरण नगरेको र सदस्य नहटाएको भन्दै सदन चल्न नदिने बताएका हुन् ।

प्रदेशसभा सचिवालयले प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण बुझाएको जनाएको छ ।

नेकपा एमाले शाही र खत्रीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

भदौ १ गते शुरु भएको नवौं अधिबेशन एमालेको अवरोधका कारण लगातार तीन दिनसम्म अवरुद्ध भएको थियो ।

सभामुख घर्तीले भने सांसद् शाही स्वतन्त्र भएको र खत्रीले नेकपा माओवादी रोजेको भन्दै पदमुक्त गर्न नसकिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?