+
+

लुम्बिनी प्रदेशसभामा एमालेको नाराबाजी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ ७ गते १३:५१

७ भदौ, बुटवल । लुम्बिनी प्रदेशसभाको बैठक प्रमुख विपक्षी दल नेकपा एमालेले सोमबार पनि अवरुद्ध पारेको छ ।

एमालेले आफ्नो दलबाट निर्वाचित अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न गरेको आग्रह सभामुख पूर्णबहादुर घर्तीले अस्वीकार गरेपछि एमालेले संसद बैठक अवरुद्ध पारेको हो ।

सभामुख घर्तीले भने उनीहरु एमाले रहेको प्रमाण नभएकाले एमाले संसदीय दलले कारबाही गर्न नसक्ने भनी निर्णय गरिसकेका छन् । एमालेले भने उनीहरुलाई कारबाही नगरेसम्म संसद बैठक चल्न नदिने अडान लिएको छ ।

सोमबार प्रदेशसभा बैठक शुरु हुनेवित्तिकै एमाले सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए । उनीहरुले रोष्टममा नाराबाजी गरेका छन् ।

माओवादी केन्द्रको आपत्ति

माओवादी केन्द्रका सांसद तुलाराम घर्तीले आफूहरुको सांसदलाई कारबाही गर्न भनी एमालेले पत्र दिएको भन्दै आपत्ति जनाए ।

एमालेले पदमुक्त गर्न आग्रह गरेको विमलाकुमारी खत्री वली नेकपा माओवादी केन्द्र संसदीय दलको सदस्य रहेको भन्दै उनले एमालेले पदमुक्त गर्न आग्रह गर्नु आपत्तिजनक भएको बताए ।

‘एउटा दलको सदस्यलाई अर्को दलले कारबाही गर्न मिल्छद्ध कि मिल्दैन ? उनले प्रश्न गरे, ‘उहाँहरु संसदीय मूल्य र मान्यता विपरीत बोलिरहनुभएको छ ।’

करिब आधाघण्टासम्म एमाले सांसदहरुले नाराबाजी गरेपछि सभामुख पूर्णबहादुर घर्तीले सोमबार नै साढे २ बजेसम्मका लागि प्रदेशसभा बैठक स्थगित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?