+
+
Shares

विभिन्न धनमाल चोरी गरेको आरोपमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १० गते १३:०४

१० भदौ, काठमाडौं। महानगरीय अपराध महाशाखाले विभिन्न धनमाल चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ललितपुर बालकुमारी बस्ने महोत्तरी बर्दिबास नगरपालिका-८ रातोखोला घर भएका ३० वर्षीय झोक्की भन्ने कुमार तोलाङ्गे रहेका छन् ।

पक्राउ परेका उनको साथबाट प्रहरीले २ थान ल्यापटप र १ थान मोबाइल समेत प्रहरीले बरामद गरेको छ ।

करीब नगद १ लाख ८५ हजार ५ सय रुपैयाँ मूल्य बराबरको धनमाल चोरी गरेको अभियोगमा उनलाई प्रहरीले काठमाडौं महानगरपालिका-३२ बालकुमारीबाट पक्राउ गरेको हो ।

भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ लोकन्थलीस्थित नरेन्द्रराज सिजापतीको घरबाट जेठ १ गते राति उक्त धनमाल चोरी गर्ने कार्यमा संलग्न रहेको प्रहरीको दाबी छ ।

तोलाङ्गे बिजुलीको तार चोरी मुद्धामा २०७२ साल असोजमा पक्राउ परी जेल चलान भई २०७५ सालतिर छुटेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुर पठाइएको उक्त महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?