+
+

बुढानीलकण्ठ नगरपालिकामा ५१ हजारले लगाए कोरोना खोप

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन १७ गते १४:२१
फाइल तस्वीर

१७ साउन, काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकामा ५१ हजारले कोरोनाविरुद्धको खोप लगाएका छन् । खोप शुरु भएदेखि हालसम्म विभिन्न उमेर समूहका ५१ हजार ५८२ जनाले खोप लगाइसकेको नगरपालिकाको स्वास्थ्य शाखाका अधिकृत डा अंकित पौडेलले जानकारी दिए ।

नगरबासीमध्ये कोभिशिल्ड पाँच हजार ५२० जनाले र भेरोसेल ३८ हजार ८८२ जनाले लगाएका छन् । यसैगरी जोन्सन एण्ड जोन्सन खोप सात हजार २०० जनाले लगाएका छन् । नगरपालिकामा सीमित खोप उपलब्ध भए पनि सर्वसाधारणको माग धेरै रहेको नगर प्रवक्ता नवराज भट्टराईले बताए ।

थोरै मात्र खोप प्राप्त हुँदा एकै पटक सबैलाई उपलब्ध गराउन सम्भव नभएकाले दुरुपयोग हुन नदिन वडा–वडामा खोप केन्द्र राखिएको उनले बताए । यसअघि यहाँ दुईवटा मात्र खोप केन्द्र सञ्चालन गरिएकोमा शुक्रबारदेखि आठवटा खोप केन्द्र सञ्चालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?