+
+
Shares

इजरायलमा कामदार पठाउन निजी क्षेत्रको संलग्नता छैन : वैदेशिक रोजगार विभाग

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २१ गते १०:२२

२१ साउन, काठमाडौं । सरकारले एक हजार नेपालीलाई इजरायलमा रोजगारीका लागि पठाउन लागेका बेला विचौलिया सलबलाउन थालेका छन् ।

नेपाल र इजरायल सरकारबीच भएको सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार पठाउने प्रकृयार सुरु भएको छ ।

इजरायलमा कामदार पठाउने सबै प्रकृया सरकारमार्फत नै हुने भए पनि विचौलियाहरुले सामाजिक सञ्जालमार्फत आवेदन माग गरेको पाइएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागले सूचना जारी गर्दै छनौट प्रकृयामा कुनै पनि निजी क्षेत्र, व्यक्ति, म्यानपावर कम्पनी, कन्सलटेन्सीको भूमिका नरहेकोले भ्रममा नपर्न सूचित गरेको छ ।

इच्छुक व्यक्तिले कुनै निजी व्यक्ति वा संस्थासँग सम्पर्क नगरी विभागको वेबसाइमा रहेको सूचना अध्ययन गरी तोकिएको मितिभित्र फाराम भर्न विभागले भनेको छ ।

विभागले यही साउनको १२ गते सूचना जारी गरी आवेदन माग गरेको थियो । सूचना जारी भएको २१ दिनभित्र अनलाइनबाट आवेदन दिने सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?