+
+

साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २१ गते १३:१७
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

२१ साउन, काठमाडौं । सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बिहीबारको बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले साउन २५ गतेदेखि खोप सप्ताह मनाउने जानकारी दिएका हुन् ।

यस अवधिमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख डोज कोरोना विरुद्धको खोप लगाइने उनले बताए । दुवै देशबाट शनिबार र आइतबारसम्म खोप आइसक्ने पनि राज्यमन्त्री श्रेष्ठले जानकारी दिए ।

आगामी असोजसम्म १ करोड ५ लाख डोज खोप आउने पनि उनले बताए । राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि फाइजरको ६० लाख डोज खोप ल्याउने प्रक्रिया पनि अगाडि बढाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?