Comments Add Comment

भूतप्रेत र पिशाच भगाउने एक अनौठो पर्व

हाम्रा पर्व–परम्पराहरु निकै घतलाग्दा छन् । यी पर्वहरुको मूल्य र विज्ञान पनि काइदाका छन् । यस्तै पर्व हो, गथांमुगः ।

के धारणा छ भने, तन्त्रविद्या, कुविद्या वा बोक्सी विद्याको साधना गर्नेहरु आज सक्रिय हुन्छन् । यस दिन राती उनीहरु औलामा आगो बालेर निस्कन्छन् र राक्षसी विद्या लिन्छन् । अतः त्यसबाट बच्नका लागि नेवार समुदायले घर–घरबाट भूत पन्छाउने परम्परा छ ।

खासमा यो भूतप्रेत, पिशाच आदि पन्छाउने पर्व हो । यसदिन घर–घरमा भूत पन्छाउने गरिन्छ । यसको परम्परागत विधी निकै रोचक छ । आज उनीहरुले बिहान सबेरै घर सफासुग्घर गरेर फलामको औठी धारण गर्छन् । फलाम वा तामाको औंठी लगाएपछि भूतप्रेत जस्ता अलौकिक शक्तिहरुले दुःख दिदैनन् वा टाढा भाग्छन् ।

घरको मूल ढोकामा मयुँरको प्वाँख राख्ने र तीन खुट्टे फलामे किला ठोकिन्छ । यो किला ठोकेपछि बाहिरबाट भूतप्रेत घरमा आउँदैनन् भन्ने विश्वास छ । साथै, किला ठोकेपछि परिवारका सदस्यहरु घरबाट बाहिर निस्कनु हुँदैन भनिन्छ ।

चर्तुदशीको दिन मनाउने यो पर्वमा काठमाडौं, भक्तपुरलगायतमा गथांमगको प्रतिकको रुपमा नर्कट र छ्वालीबाट राक्षसको प्रतिक बनाइन्छ र त्यलाई जलाउने गरिन्छ । घरबाट भुत पन्छाउने विधी पनि चाखलाग्दो छ । काँचो माटोको सानो दहीको कचौरामा कर्कलो धुस्वाँ, बौ स्वाँ, आरुको बोटको हाँगा सहितको छ्वाली बारेर दोबाटो वा चौबाटोमा राख्ने गरिन्छ ।

यो पर्व परापूर्व कालदेखि नै मनाउन थालिएको बताइन्छ । १४ औं शताब्दीका गोपाल राजवंशीले गथांगुम मनाएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment