Comments Add Comment

तीन नेत्रहीन महिला क्रिकेटरलाई प्रतिभा सम्मान

२३ साउन, काठमाडौं । नेपाली राष्ट्रिय महिला नेत्रहीन क्रिकेट टिमका तीन खेलाडी ज्योती केसी नेत्रहीन महिला क्रिकेट प्रतिभा पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाल नेत्रहीन क्रिकेट संघले १६औं वार्षिकोत्सवको अवसरमा शुक्रबार नेपालको नेत्रहीन क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका तीन खेलाडीलाई प्रतिभा पुरस्कारबाट सम्मान गरेको हो । संघले हरेक वर्षको साउन २२ गते वार्षिकोत्सव मनाउने गर्छ ।

सम्मानित हुनेमा बी ३ समूहतर्फ राष्ट्रिय टोलीका उपकप्तानसमेत रहेकी गीता पौडेल, बी २ बाट भगवती अमगाई र बी १ बाट मुना अरियाल रहेकी छिन् ।

उनीहरुलाई ५-५ हजार र कदरपत्रबाट सम्मान गरिएको संघले जनाएको छ ।

गीता विगत १५ वर्षबाट नेत्रहीन क्रिकेटमा संलग्न रहेकी छिन् । उनले सन् २०१४ मा बेलायतविरुद्धको सिरिज र सन् २०१९ मा पाकिस्तानविरुद्धको सिरिजमा नेपाली टिमको उपकप्तानको भूमिका निर्वाह गरेकी थिइन् । नेपाललाई दुई वटै खेल जिताउन सफल भएकी थिइन् ।

यस्तै भगवती आफ्नो उत्कृष्ट ब्याटिङ क्षमताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कीर्तिमान बनाउन सफल खेलाडी हुन् । उनले बेलायतविरुद्धको सिरिज र सन् २०१९ मा पाकिस्तानविरुद्धको सिरिजमा आफ्नो समूहमा प्लेयर अफ द सिरिज पाएकी थिइन् ।

त्यस्तै मुनाले पनि १४ वर्षदेखि नेत्रहीन क्रिकेटमा योगदान दिएकी छन् । मुना सन् २०१९ मा पाकिस्तानविरुद्धको सिरिजमा आफ्नो समूहमा प्लेयर अफ द सिरिज चुनिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment