Comments Add Comment

पार्टीमा म नै सर्वज्ञानी हुँ भन्ने अहंकार देखिएको छ : माधव नेपाल

२३ साउन, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले म नै सर्वज्ञानी हुँ भन्ने अहंकारले पार्टीभित्र समस्या देखिएको टिप्पणी गरेका छन् ।

शनिबार आफू पक्षीय जनवर्गीय संगठनहरुले ललितपुरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि बताए ।

‘हामी कहाँ पनि अहंकारका प्रवृत्तिहरु देखा परे । सामूहिकताका भावनाहरु हराउन थाले । अरुका ज्ञान अनुभवहरुलाई बेवास्ता गर्न थालियो । मै सबथोक, सर्बज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो । र हाम्रो पार्टी नेकपा (एमाले)मा समस्या देखापर्‍यो’ उनले भने, ‘त्यो समस्या हामी हल गर्न चाहिरहेका छौं ।’

वरिष्ठ नेता नेपालले पार्टी एकताका नाममा बाँदरे नाच प्रदर्शन गरिएको टिप्पणी गरे । उनले आफूभित्र रहेका त्रुटी स्वीकार गरेर अघि बढ्ने आँट गर्नुपर्ने पनि बताए । ‘त्रुटी नभएको मान्छे कोही पनि हुँदैन । मान्छे हो त्रुटी हुन सक्दछ । सबै सुध्रिउन् । देश, जनता र राष्ट्रका लागि समर्पित होऔं’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment