Comments Add Comment

पीएसजी एउटा सम्भावना हो, तर म सहमत भइसकेको छैन : मेस्सी

फाइल तस्वीर

२४ साउन, काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन (पीएसजी) एउटा विकल्प भएको बताएका छन् । तर अहिले केही पनि तय नभएको उनले बताए ।

बार्सिलोनामा २१ वर्षे लामो करिअर अन्त्य गरेका उनी आइतबार अन्तिम पत्रकार सम्मेलनमा उपस्थित भएका थिए । गहभरि आँशु पार्दै उनले भने, ‘म र मेरो परिवार यहीं बस्न तयार भएका थियौं ।’

तर नयाँ सम्झौता हुन सकेन । यो आफ्नो लागि निकै कठिन समय भएको उनी बताउँछन् । मेस्सीले भने, ‘गत वर्ष म छोड्न चाहन्थें, यो वर्ष म बस्न चाहन्थें । त्यसकारण म दुःखी छु ।’

बार्सिलोना छाड्ने भएपछि उनको नयाँ गन्तव्यका रुपमा पीएसजीलाई हेरिएको छ, जहाँ नेइमार र केलियन एम्बाप्पे पनि छन् । मेस्सीले भने, ‘यो एउटा सम्भावना हो, तर अहिलेसम्म म कुनै क्लबमा जान सहमत भइसकेको छैन । मैले धेरै क्लबको इच्छा पाएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment