Comments Add Comment

सप्तरीमा ओली समूहले बनाएको कमिटीप्रति नेपाल समूहको आपत्ति

२४ साउन, सप्तरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समूहले आफूखुशी जिल्ला समिति बनाएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल समूहले आपत्ति जनाएको छ ।

माधव नेपाल समूहले नेकपा एकताअघि अर्थात २०७५ जेठ २ गतेअघिको कमिटी कायम रहने भन्दै त्यसबाहेकको समिति अवैध हुने बताएको छ ।

जिल्लामा २०७५ साल जेठ २ गतेअघि गोविन्द न्यौपानेको अध्यक्षतामा एमालेको कमिटी थियो । न्यौपाने हाल नेपाल समूहमा छन् । नेपाल समूहले आइतबार गरेको पत्रकार सम्मेलनमा अध्यक्ष न्यौपानेले केही व्यक्तिले पार्टीको अध्यक्ष र सचिव भनी अनधिकृत काम गरेको बताए ।

केपी ओली समूहले केही दिनअघि ताराकान्त चौधरीको अध्यक्षतामा जिल्ला कमिटी घोषणा गरेको थियो ।

माधव नेपाल समूहको बैठकले जिल्लाको क्षेत्र नम्बर १, २ र ३ मा इन्जार्च हेरफेर गरेको छ । क्षेत्र नम्बर १ मा नारायण आचार्य, २ मा निरन्जन झा र ३ मा अनिल गुप्तालाई जिम्मेवारी दिइएको छ ।

बैठकले जिल्लाका सबै नगरपालिका र गाउँपालिकामा जिम्मेबारी बाँडफाँट गर्दै इन्जार्च र सह इन्जार्च समेत तोकिएको न्यौपानेले जानकारी दिए ।

पत्रकार सम्मेलनमा पार्टीका प्रदेश २ का सह इन्जार्च नागेन्द्र चौधरीले पार्टी अध्यक्ष केपी ओली सामु घुँडा नटेक्ने बताए । उनले ओलीको विचार स्खलित हुन लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment