Comments Add Comment

एसियन महिला भलिबल च्याम्पियनसिप स्थगित

२६ साउन, काठमाडौं । यही अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म फिलिपिन्समा हुने भनिएको २१औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ ।

नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको हो ।

फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण फिलिपिन्स नेशनल भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित गरेको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले सूचना मार्फत जानकारी गराएका छन् ।

एसियल भलिबल कन्फेडेरेसनले फिलिपिन्स भलिबल फेडेरेसनलाई अक्टोबर अन्तिम साता च्याम्पियनसिप गर्नका लागि सुझाव दिएको पनि चन्दले उल्लेख गरेका छन् । तर सहभागी टिमको कोभिड-१९ को अवस्था हेरेर मात्र यसबारे निर्णय हुने उनले जनाएका छन् ।

नेपालले पनि शुरुमा यस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भनिए पनि कोभिडका कारण प्रवेश निषेध रहेकोले नेपाल च्याम्पियनसिप खेल्नबाट बञ्चित भएको थियो ।

एसियन भलिबल कन्फेडेरेसन (एभीसी)ले यसअघि नै सार्वजनिक गरेको ड्र अनुसार ८ राष्ट्रले मात्र खेल्ने तय छ ।

नेपाललाई भने अर्को संस्करणमा सहभागी गराउने एभिसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment